अल्फा बिटाले ‘एडमिशन्स डे २०२३’ मनाउँदै

  २०८० साउन २३ गते १७:३८     विकासन्युज

काठमाडौं । अल्फा बिटा एजुकेशन कन्सल्ट्यान्सीले साउन २५ गते अष्ट्रेलिया एडमिशन्स डे २०२३ मनाउने भएको छ ।

अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गर्ने अवसरको रुपमा उक्त दिवस मनाउन लागिएको कम्पनीले जनाएको छ । अल्फा बिटाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरेको जनाएको छ । उक्त दिनमा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर अष्ट्रेलियाका २५ भन्दा धेरै विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटी आफ्ना जिज्ञासाहरु राख्न सकिने छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने यो मेलामा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले अष्ट्रेलियाका विश्वविद्यालय, आफूले पढ्न चाहेको विषय, छात्रवृत्ति, शुल्क अरु विषयमा जानकारी लिन सक्नेछन् । एडमिसन्स डेमा प्रवेश निःशुल्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.