‘सहकारीमा अझै दुई वर्ष सकसपूर्ण हुन सक्छ, खराब कर्जा असुलीमा जोड दिऔं’

  २०८० साउन १९ गते १५:१९     विकासन्युज

कठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी क्षेत्रमा अझै दुई वर्ष सकसपूर्ण रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २१औं स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले तत्काल सहकारी क्षेत्रको समस्या समाधान हुने स्थिती रहेको र अझै दुई वर्ष समसपूर्ण नै रहेको बताएका हुन् ।

उनले सहकारी क्षेत्रमा सफल उदाहरण आत्मसात गरे कुनै समस्या नआउने पनि बताए । उनले सहकारीमा केही गलत नियत भएका नेतृत्व गर्नेले पनि समस्या आएको बताउँदै बोर्डले आफुखुसी निर्णय गर्न खोज्यो भने व्यवस्थापकले त्यसविरुद्द अडान लिन सक्नु पर्ने धारणा राखे ।

‘केही संस्थाले गलत नै गरेका छन्, सिभिल, ओरेन्टेल लगायत सहकारीले गलत पनि गरेका हुन्, तर सबै गलत छैनन्, अझै दुई वर्ष सहकारीमा सकस नै छ, सहकारीका ऐन नियम पालना नगर्दा समस्या आएको हो, अब विस्तारै सहज हुँदै जाला,’ उनले भने ।

यस्तै, उनले खराब कर्जा असुल गर्नमा जोड दिनुपर्ने बताए । ‘मण्डलामा बसेर सहकारीको समस्या समाधान हुँदैन, सबैको प्रयासमा टेबल टक गरेर समस्याको समाधान गर्न सक्नु पर्छ, अहिलेको समस्यालाई समाधान गर्न लागि परेका छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.