सरकारको प्रक्षेपण : ७ वर्षमा ९० प्रतिशत विद्युतीय कारको कारोबार

  २०८० साउन १७ गते १७:४५     विकासन्युज

काठमाडौं । नेपालमा आयात हुने सवारी साधनमध्ये सन् २०२५ सम्ममा २५ प्रतिशत निजी र २० प्रतिशत सार्वजनिक विद्युतीय सवारी आयात हुने सरकारको प्रक्षेपण छ ।

उर्जा, जलस्राेत तथा सिंचाई मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटुवालले सोही प्रक्षेपण अनुसार नीति बनाइरहेको बताए ।
‘सरकारले कुन समयमा कति विद्युतीय सवारी साधन ल्याउने भन्ने सोच सहित काम गरिरहेको छ’, उनले भने ।

सरकारले सन् २०३० मा पुग्दा निजी विद्युतीय सवारी साधनहरुको कारोबार ९० प्रतिशत र सार्वजनिक सवारी साधनहरुको कारोबार ६० प्रतिशत पुग्ने आकलन गरेको उनले बताए ।

पेट्रोलियम पदार्थको खपत कम गर्दै विद्युतको खपत बढाउने बारे १५ औं योजनाले जोड दिएको र सरकारले सोहीअनुसार काम गरिरहेको भेटुवालले बताए ।

सन् २०३० सम्ममा १५ प्रतिशत विद्युत खपत गर्ने महत्वपूर्ण माध्यम विद्युतीय सवारी साधन नै हुने सरकारको अनुमान रहेको सह-सचिव भेटुवाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.