एफ डी मोटर्सको इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकले ब्याजबिनै ३ लाखसम्म कर्जा पाउने

  २०८० साउन १७ गते १०:२३     विकासन्युज

काठमाडौं । एफ डी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन् ।

मंगलबार ग्रन्थ इलेक्ट्रिक भेहिकल  (एफ डी मोटर्स) र कुमारी बैंकबिच सो ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रडिट कार्डमार्फत् कर्जा उपलब्ध गराउने सम्झौता भएको हो ।

जसअन्तर्गत कुनै पनी ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिन सकिने बताइएको छ ।

यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि सम्झौता भएको छ ।

एफ डी मोटर्सले हाल दुईवटा मोडलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य २ लाख, हजार, ९९९ र एफ फाइब ए को मूल्य २ लाख, ९७ हजार, ९९९ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.