२५ लाखसम्मको सवारी कर्जामा जोखिम भार घट्यो

  २०८० साउन १२ गते १४:२८     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको सवारी कर्जामा जोखिम भार घटाएको छ । शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारी साधनको कर्जामा जोखिम भार घटाएको हो ।

अब २५ लाख रुपैयाँसम्मका् सवारी खरिद गर्न कर्जा लिँदा १ सय प्रतिशत मात्रै जोखिम भार लागू हुनेछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् जोखिम भार घटाउने घोषणा गरेको थियो । यसअघि २५ लाखमुनिका गाडी कर्जामा जोखिमभार १५० प्रतिशत थियो ।

अब बैंक तथा वित्तीय संस्थाहरु २५ लाख रुपैयाँसम्मका सवारी खरिद गर्नका लागि कर्जा प्रवाह गर्न प्रोत्साहित हुने छन् । साथै, महँगा गाडी खरिद गर्न भने निरुत्साहित गर्न खोजेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.