बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा, कुन विभागमा को ?

  २०८० साउन १२ गते १४:१३     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा भएको छ । प्राधिकरणको उच्च व्यवस्थापनले बुधबार अर्थात साउन १० गतेदेखि लागू हुने गरी चार जना निर्देशकहरुको सरुवा तथा विभाग हेरफेर गरेको हो ।

यसअघि व्यवस्थापन सूचना प्रणाली र इजाजतपत्र विभागको प्रमुखमा रहेका कमल प्रसाद रेग्मीको सरुवा भएको छ । सरुवा भएर निर्देशक रेग्मीले कानुन तथा नियमन महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसअघि उक्त महाशाखाको प्रमुखमा निर्देशक दिनेश कुमार लाल थिए । उनी हाल व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारीमा सरुवा भएका छन् ।

त्यसैगरी, यसअघि व्यवस्थापन महाशाखाको जिम्मेवारी निर्देशक पुजन ढुंगेल अधिकारीले सम्हाल्दै आएकी थिइन् । अब भने उनले बीमा विकास तथा प्रवर्द्धन महाशाखासँगै थप कृषि र लघुबीमा पनि हेर्ने भएकी छिन् ।

त्यस्तै, प्राधिकरणको सुपरीवेक्षण महाशाखामा निर्देशक शुशिलदेव सुवेदी रहेका छन् । यसअघि कृषि र लघुबीमाको पनि महाशाखा प्रमुख रहेका उनले अब सुपरीवेक्षण र रि इन्स्योरेन्स तथा रिसर्च विभाग सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.