नागरिक स्टक डिलरले बैंकमा १८ करोड लगानी गर्दै

  २०८० साउन ११ गते ९:२३     विकासन्युज

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले बैंकहरुमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आफू लिन चाहेको रकम, प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरेर प्रस्ताव पेस गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका अनुसार ७ दिन भित्र आवेदन पेश गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.