नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक युरोमनी अवार्डबाट सम्मानित

  २०८० साउन ९ गते २०:२३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३ बाट सम्मानित भएको छ ।

बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि उक्त अवार्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई दिइएको हो ।

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस्तो अवार्ड पाएको थियो ।

वर्षभरीको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मानित गर्नुको कारण रहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.