कोशी प्रदेशमा कृषि क्षेत्रको वित्तीय पहुँचका लागि सानिमा बैंकले सघाउने

  २०८० साउन ९ गते २०:११     विकासन्युज

काठमाडौं । कोशी प्रदेशको कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने गरी सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रामले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य रहेको सानिमा बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कृषि कर्जाको प्रक्रियालाई प्रबिधिकरण गर्ने, कृषि कर्जा सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यवसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने उद्देश्य रहेको बताइएको छ ।

सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले उक्त सहकार्यले कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने सानिमा बैंकको पहललाई सुदृढ बनाउन सहयोग मिल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.