३७५ रुपैयाँमा सेयर बेचेर एनआईसी एशिया बैंकका संस्थापक बाहिरीदैँ

  २०८० साउन ९ गते ७:३३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार संस्थापक समूहको आज साउन ९ गतेदेखि ४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको छ ।

बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् ।

बैंकको सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआइएमबि क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.