चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंक पछि हट्ने संकेत

  २०८० साउन ७ गते १४:०५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्ततः चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ । पछिल्लो समय विभिन्न क्षेत्रबाट चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनको विरोध भएको र संशोधन गर्न माग गरेपछि राष्ट्र बैंक पछि हटेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकन गर्ने बताएको छ । यससँगै उद्योगी तथा ब्यापारीहरुलाई ठूलो राहत मिल्ने भएको हो ।

‘बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालू पूजी कर्जा सम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.