पल्सर एनएस २०० र १६० अपसाइड डाउन मोटरसाइकल नेपाली बजारमा

  २०८० असार २१ गते २०:०८     विकासन्युज

काठमाडौँ । पल्सर एनएस २०० र एनएस १६० नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारीक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अत्याधुनिक मोडलका बाइक नेपाली बजारमा ल्याएको हो ।

गोल्छा ग्रपका निर्देशक अभिमन्यु गोल्छाले नयाँँ बिशेषतासहितको अत्याधुनिक बाइकहरु नेपाली बजारमा ल्याइएको बताए ।

पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएसभीआइ इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्ने बताइएको छ ।

त्यसैगरी, पल्सर एनएस २०० अपसाइड डाउन आकर्षक डिजाइनका साथमा नयाँ फिचरको मोटरसाइकल हो ।

पल्सर एनएस १६० अपसाइड डाउनमा १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्ने कम्पनीले बताएको छ ।

पल्सर एनएस २०० को मूल्य ४ लाख २४ हजार नौ सय तोकिएको छ भने एनएस १६० अहिले नेपाली बजारमा तीन लाख ८४ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.