आइडिया स्टुडियो र लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपाल बीचमा साझेदारी

  २०८० असार १८ गते १२:३८     विकासन्युज

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदारको रुपमा साझेदारी गरेको छ । साहसिक सुरुवात को मुख्य नारालाई आत्मसाथ गर्दै लायन्स क्लब इन्टरनेशनल ३५२ जे नेपालले अवसरबाट वन्चित व्यक्तिहरूलाई ऊद्यमशिलताका लागि सहयोग गर्न ब्रेभ स्टार्टअप फन्ड निर्माण गरेको छ।

लायन्स क्लब इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो सेवा क्लब संस्था हो। लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन लायन्स क्लब इन्टरनेशनलको परोपकारी शाखा हो। १९१७ मा स्थापित, एलसीअइफले नागरिक, सांस्कृतिक, सामाजिक र नैतिक कल्याणमा सक्रिय कार्यहरु गर्दै आएको छ । लायन्सको अतिरिक्त कार्यहरूलाई समर्थन गर्न, उनीहरूको सेवालाई सशक्त बनाउन र स्थानीय र विश्वव्यापी रूपमा उनीहरूको समुदायको आवश्यकतालाई सम्बोधन गर्न अनुदान कोष प्रदान गर्दछ। लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ जे नेपाल एक व्यवस्थित, रचनात्मक र नवीन जिल्ला हो, जहा १०० भन्दा बढी क्लब र २७०० सदस्यहरू छन्। युवाहरूलाई ब्रेभ एनफ टु स्टार्टु हुन प्रोत्साहित गर्दै ब्रेभ इनफ टु स्टार्ट लायन्स क्लब इन्टरनेशनलको नारा हो।

आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्ष देखि निरन्तर काम गर्दै आएको संस्था हो । आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैंक, मिडिया हाउस, व्यापार र उद्योग संगठनहरू र अन्य धेरै संस्थाहरूसँग साझेदारीमा काम गर्दै आएको छ । आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यवसायिक विचारहरुलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रर्बधन गर्ने प्लेटफर्मको रुपमा काम गर्दै आएको छ ।

यस सहकार्यको मुख्य उदेश्य उद्यमशीलतालाई प्रवर्धन गर्नु हो । बेर्भ स्टार्टअप फन्डका लागि आइडिया स्टुडियो नेपालले लायन्स क्लबसंग सहकार्य गरी बिभिन्न विषयमा तालिम प्रदान गर्ने छ । ब्रेभ स्टार्टअप फन्डबाट छनोैट भएका आइडियाहरुलाई लायन्स क्लबले सिड मनी उपलब्ध गराइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.