बालेनकाे भनाइले शिक्षकमा खुसीयाली, तलब नदिने स्कुलको जानकारी बुझाउन पहल गर्दै युनियन

  २०८० असार १७ गते १७:४७     विकासन्युज

फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी विद्यालयमा पढाउने शिक्षकहरुले पनि सरकारी वा सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले सरह तलब सुविधा पाउनुपर्छ भनेपछि निजी विद्यालयहरुमा कार्यरत शिक्षकहरुमा खुसीयाली छाएको छ । निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको छाता संगठन ‘संस्थागत विद्यालय शिक्षक युनियन’ (इस्टु)ले आज प्रेस विज्ञप्ति जारी गर्दै बालेनको अभिव्यक्तिलाई स्वागतयोग्य भएको जनाएको छ ।

आफ्ना समस्याहरुलाई लामो समयदेखि विभिन्न निकायहरुमा राख्दै आएकोमा कुनै प्रतिकृया नआएकोमा बालेनले दिएको अभिव्यक्ति स्वागतयोग्य भएको इस्टुले आफ्नो विज्ञप्तिमा जनाएको छ । ‘शिक्षाका माथिल्ला निकाय देखि तल्ला निकायहरुसम्म बारम्बार हाम्रा समस्याहरु राख्दा कुनै कुनै प्रतिकृया नआईरहेको बेलामा काठमाडौ महानगरपालिकाका मेयर बालेन साहबाट जुन अभिव्यक्ति आको छ त्यो अत्यन्त स्वागतयोग्य छ’, इस्टुको विज्ञप्तिमा भनिएको छ ।

साथै इस्टुले सबै पालिकाहरुले सरकारले शिक्षकहरुको निम्ति तोकेको न्यूनतम ज्याला उपलब्ध गराउन अनुरोध गरेको छ । ‘
हाम्रो यसमा स्वागत , समर्थन र सहयोग पनि छ। देशभरका सम्पुर्ण पालिकाहरुलाई यसै बिज्ञप्ति मार्फत शिक्षकहरुको न्युनतम सरकारले तोकेको तलब प्राप्त गर्ने अधिकारका पक्षमा न्याय दिलाउन आव्हान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

शिक्षकहरुको संगठन इस्टुले शिक्षकहरुलाई सम्बोधन गर्दै काठमाडौं महानगरका प्रमुख बालेनले भनेजस्तै सरकारी विद्यालय सरह तलब नदिएको जानकारी संगठनका काठमाडौं जिल्ला अध्यक्ष भुपाल उप्रतीलाई दिन पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

इस्टुले ०६३ देखि ०६८ सम्म सरकार, प्याब्सन र एनप्याब्सनका बीचमा अभिभावक संघको रोहबरमा गरेको सम्झौता लागू नभएको र शिक्षक कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा दर्ता नगरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । अधिकांश विद्यालयहरुले बैंकबाट तलब नदिएको, नियुक्ति पत्र नदिइएको र सहकारीको चेक दिएर नसाटिने सम्मको समस्या भोगिरहेको भन्दै अधिकांश निजी विद्यालयहरुले शिक्षकहरुको चरम शोषण गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.