टिभिएसले ल्यायो आकर्षक नयाँ सफर बिना कर अफर

  २०८० असार १० गते १७:१६     विकासन्युज

काठमाडौं । टिभिएसले आकर्षक नयाँ सफर बिना कर अफर ल्याएको छ ।

नेपालकै सर्वाधिक रुचाइएको दुई पाङ्ग्रे सवारी साधन कम्पनी टिभिएसले नयाँ खरिदकर्ताहरुलाई लक्षित गरि ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नु पर्ने खरिद बर्षको सडक कर र अर्को एक बर्षको सडक कर टिभिएस आफैले तिर्ने कम्पनीले जनाएको छ ।

टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देश भित्रका सबै ठाउँमा लागु गरिसकेको छ जसले गर्दा प्रयोगकर्ताहरु दुई बर्षको कर तिर्नु पर्ने झन्झटबाट मुक्त भएका छन् । साथै, आर्थिक हिसाबले पनि फाइदामा परेका छन् ।

यस बाहेक टिभिएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ । जस अन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.