पोखरा महानगरले दिवा खाजामा १० रुपैयाँ थपेर २५ पुर्याउने

  २०८० असार १० गते १५:३४     विकासन्युज

पोखरा । पोखरा महानगरपालिकाले विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याउने भएको छ । महमानगरले आगामी आर्थिक वर्षको लागि आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित गर्दै स्वस्थ र पोषणयुक्त दिवा खाजाको लागि सो व्यवस्था गरेको हो ।

‘खाजावापत उपलब्ध गराइदै आएको रकममा महानगरको तर्फबाट रु. १० थप गरी प्रति विद्यार्थी रु. २५ पुर्याइने छ । खाजाको
रुपमा जब्क फुडको उपयोगलाई निषेध गरिनेछ’, महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.