ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज निर्माण सुरु

  २०८० असार ५ गते १२:१३     विकासन्युज

काठमाडौं । ३ असारको अविरल बर्षापछि आएको बाढीले क्षति पुरयाएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

उनका अनुसार ३ असारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुर्ननिर्माण थालिएको हो ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिइसकेका छन् ।

सोमबार प्रधानमन्त्रीसहित बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेकामन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका हुन ।

मन्त्रीको निर्देशनपछि सोमबारदेखि काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । ‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्माण स्थलमा पुगिसकेका छन्, केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुचारु गराउँछौ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.