नेपाल राम बिना र भारत सीता बिना अधुरो छ : मन्त्री किराँती

  २०८० असार ५ गते १०:०६     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन् । मंगलबार लुम्बिनीमा आयेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग मानव कल्याणको साझा ज्ञान भएको बताए ।

उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको बताए । मन्त्री किराँतीले भने, ‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ । तर योग धर्मसँग पनि जोडेर हेरिन्छ । योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो । आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रुपमा थियो । कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भनेपनि नेपालको उन, नेपालको छाला भारत निर्यात हुने गर्दथ्यो ।’

उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए । उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ ।’

यस्तै मन्त्री किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताए । उनले भने, ‘यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौँ । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’

उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । उनले महेन्द्र नगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.