गरिमा विकास बैंकको पौने ४ लाख कित्ता सेयर बिक्रीमा

  २०८० जेठ २८ गते ८:५७     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको पौने ४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरुले ३ लाख ८२ हजार ७९२.७७ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन दिनुपर्नेछ । बैंकको अनुसार तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले जोकोही सर्वसाधारण लगानीकर्तलाई बिक्री गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.