मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिनु होला : स्ट्याण्डर्ड चार्टड

  २०८० जेठ २६ गते १९:१३     विकासन्युज

काठमाडौं ।  बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिन ग्राहकहरुलाई सुझाव दिएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ग्राहकहरुलाई यस्तो सुझाव दिएको हो ।

केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकहरुलाई बैंकको केवाइसी अपडेट गर्ने भन्दै मोबाइलमा आएको ओटिपी नम्बर उपलब्ध गराउन भन्दै फोन, मेसेज र इमेल गर्ने गरेको बैंकले बताएको छ ।

‘उक्त ओटिपी प्राप्त भए पश्चात् मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग र कनेक्ट आइपीएस वा वालेट जस्ता उपकरणहरुको पासवर्ड रिसेट गरी अकाउन्ट एक्सेस गर्ने र ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृति बढ्दो क्रममा रहेको पाइएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमार्फत बैंकले इमेल वा फोनमार्फत ग्राहकको ओटिपी वा पासवर्ड वा अन्य गोप्य राख्नु पर्ने जानकारी कहिले पनि नसोध्ने गरेको बताएको छ ।

यस प्रकारका ठगीका घटना र गुनासोहरु बारे २४ सै घण्टा खुला रहने ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

साथै, यस प्रकारका र अन्य सम्बन्धित ठगीका बारे थप जानकारीका लागिhttp://sc.com/np मा हेर्नु बैंकले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.