आफ्नो प्रतिभालाई अस्वीकार गर्ने इम्पोस्टर सिन्ड्रोम के हो ? कसरी बच्न सकिन्छ ?

  २०८० जेठ २२ गते १२:३४     विकासन्युज

काठमाडौं । फेसबुककी पूर्व सिइओ शेरिल स्यान्डबर्गले हावर्ड युनिभर्सिटीमा पढ्दैगर्दा उनले दिने हरेक परीक्षा पश्चात उनलाई लाग्दथ्यो की परीक्षा खराब भएको छ । तर, उनको हरेक परीक्षामा राम्रै नम्बर आइरहेको हुन्थ्यो । त्यसैले उनी आफ्नो क्षमताले भन्दा पनि ती नम्बरहरु संयोगले आएका हुन भन्ने सोच्थिन् ।

जब उनले आफ्नो व्यवहारको विश्लेषण गरिन, उनले त्यसबेला महशुस गरिन की उनी इम्पोस्टर सिन्ड्रोमबाट पिडित भएकी थिइन् । यो एक प्रकारको मनोवैज्ञानिक अवस्था हो, आफ्नो क्षमतालाई शंका गर्ने र आँफूलाई अन्य व्यक्तिहरुसँग तुलना गर्नपुग्छ । शेरिल बाहेक पनि विश्वका धेरै सेलिब्रेटीहरु पनि सो सिन्ड्रोमको शिकार भएका छन् ।

उदाहरणको रुपमा हेर्दा स्टारबक्सका पूर्व सिइओ हावर्ड सुल्ट्ज पनि यो सिन्ड्रोमको शिकार भएका थिए । उनलाई लाग्दथ्यो की उनी आफूले जिम्मेबारी बहन गरिरहेको पदको लागि क्षमतावान छैनन् । यसबाहेक अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले पनि आँफूले कहिलेकाहीँ इम्पोस्टर सिन्ड्रोमको सामना गर्नुपरेको स्वीकार गरेकी छन् । यद्यपी उनले आफ्नो क्षमतामा ध्यान दिएर आफ्नो आत्मविश्वास फिर्ता गर्न सफल भइन् । व्यवसायिक जीवनको सन्दर्भमा यो सिन्ड्रोममाथि ध्यान दिन र छलफल गर्न सान्दर्भिक हुन्छ ।

अहिलेको युगमा यो सिन्ड्रोमको प्रभाव सेलिब्रेटी देखि लिएर आम व्यवसायिक मानिसहरुको जीवनमा देखिएको छ । मनोवैज्ञानिकहरुका अनुसार मानिसहरु आफ्नो काममा सफल भएपनि यो सिन्ड्रोमका कारण आँफूलाई सफल भएको ठान्दैनन् । जसका कारण उनीहरुको आत्मसम्मान घट्छ र असफलतातर्फ लाग्छन् । यो सिन्ड्रोम देखिएका मानिसहरु आफ्ना स-साना गल्तीहरुमा बढी ध्यान केन्द्रित गर्छन् । जसका कारण उनीहरुमा एन्जाइटी र जलन जस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा समयमा नै रोगको पहिचान गरी उपचार गर्नुपर्दछ ।

के छन् बच्ने उपाय ?

नेतृत्व सम्बन्धी प्रशिक्षक जोएल जे का अनुसार प्रत्येक दिन आफ्नो लक्ष्यको सूची बनाउनुहोस्, त्यसमा दिनका दुई ठूला उपलब्धिको बारेमा लेख्नुहोस् । तपाईंले ती उपलब्धि कसरी प्राप्त गर्नुभयो भनेर पनि बताउनुहोस् । यसको साथै पोडकास्ट पनि सुन्ने बान गर्नुहोस् । इम्पोस्टर सिन्ड्रोम एन्ड डाउट पोडकास्टमा डा. जेसामी हिबर्डले आफ्नो मानसिकता परिवर्तन गरेर यो सिन्ड्रोमलाई कसरी जित्न सक्नुहुन्छ भनेर बताउने गरेका छन् । लाइफ एन्ड लिडरसिप पोडकास्टमा डा. भ्यालेरी एंगले यो सिन्ड्रोमबाट कसरी बाहिर निस्कन सकिन्छ भनेर पनि बताएका छन् ।

आफूले प्राप्त गरेका सफलताहरुको लागि आँफैलाई क्रेडिट दिन शुरु गर्नुहोस् । शेरिल स्यान्डबर्गका अनुसार तपाईंले आफ्नो सफलताको बारेमा कुरा गर्नुहोस्, जसरी तपाईंले अरुको सफलताको बारेमा कुरा गर्नुहुन्छ । यसोगर्दा तपाईंले आँफूबाट हराएको आत्मविश्वास पुनः प्राप्त गर्नसक्नुहुन्छ । विकासको मानसिकता पनि निर्माण गर्नुहोस् । चुनौतीहरुलाई बेवास्ता गर्नुको सट्टा स्वीकार गर्नुहोस् र गल्तीहरुबाट नडराउनुहोस् । तपाईंको लागि सही समर्थन सहित सल्लाह दिने व्यक्तिको पनि खोजी गरेर संगत बढाउनुहोस् ।

एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.