क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत फ्ल्याट छुट

  २०८० जेठ ४ गते १६:०५     विकासन्युज

काठमाडौं । क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत फ्ल्याट छुट पाइने भएको छ ।

आइएमई डिजिटल सोलुसनको आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

सो सम्झौता अन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने छ ।

पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौता मार्फत ग्राहकले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.