बीमा कम्पनीले अतिथि सत्कारमा खुद बीमाशुल्कको डेढ प्रतिशतसम्म खर्च गर्नुपर्ने

  २०८० जेठ ४ गते १४:०७     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले अतिथि सत्कारमा खुद बीमाशुल्कको डेढ प्रतिशतसम्म खर्च गर्नुपर्ने भएको छ । कम्पनीहरुले व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शीर्षकमा खुद बीमाशुल्कको एक दशमलब पाँच प्रतिशतसम्म खर्च गर्न पाउने भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले कम्पनीको संस्थागत सुशासन सम्बन्धी (पाँचौं संशोधन) निर्देशिका, २०८० अन्तर्गत उक्त व्यवस्था गरेको हो । जुन तत्काल लागू हुने छ ।

‘निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमाशुल्कको बढीमा एक दशमलव पाँच (१.५) प्रतिशतसम्म खर्च गर्न सक्नेछ,’ निर्देशिकामा भनिएको छ ।

त्यस्तै, उक्त व्यवस्था बमोजिम बीमकले गरेको कुल खर्चको कम्तीमा २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शीर्षकमा खर्च गर्नुपर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.