आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

  २०८० जेठ ३ गते १५:४०     विकासन्युज

काठमाडौं । आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने भएको छ ।

आइएमई डिजिटल सोलुसनको आइएमई पेु ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ ।

उक्त अफर अन्तर्गत् ग्राहकले प्रत्येक कारोवारमा १०० रुपैयाँ सम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने छ । ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् । यो अफर जेष्ठ १ देखी असार ३१ सम्म चल्ने छ।

आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो । यो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.