सबैलाई सम्मानीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध छ : रेशम चौधरी

  २०८० जेठ ३ गते १३:५२     विकासन्युज

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले  सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गरेका छन् ।

मंगलबार सर्वोच्चले चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो । जसबारे चौधरीले एक विज्ञप्तीमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।

सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । ‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस्ला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ, ‘हामी सम्मानित अदालतलाई सदा समान गर्छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको बताउादै उनले केहि दिनमा ‘धरातल’ नामक पुस्तकका ल्याउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.