सानिमा जिआईसीले बोलायो पहिलो साधारण सभा

  २०८० जेठ ३ गते १२:३५     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३२ गते काठमाडौंमा पहिलो वार्षिक सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, साविकको सानिमा जनरल इन्स्योरेन्स र साविकको जनरल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानको हिसाव किताव, नगद प्रवाह विवरण सहित एनएफआरएस बमोजिमको वितरण विवरण माथि छलफल गरी पारित गर्नेछ ।

यस्तै, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा तीन जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

सभाले कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नको लागि कम्पनीको नियमावली संशोधन गर्ने विषेश प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.