केएमसी सहकारीका कर्मचारीले गरे रकम हिनामिना

  २०८० जेठ ३ गते ८:०४     विकासन्युज

काठमाडौं । के.एम.सी. बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले रकम हिनामिना गरेको भेटिएको छ । संस्थाकी कर्मचारी सुष्मा चौहानले सवा ४ लाख रुपैयाँ हिनामिना गरेको भेटिएको हो ।

संस्थाले एक सूचना प्रकाशन गर्दै चौहानले ४ लाख १३ हजार ५३६ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । सो रकम बराबर हिनामिना गरेको भेटिएकाले ३५ दिनभित्र भुक्तानी गर्न संस्थाले आग्रह गरेको छ । यदि सो अवधिभित्र रकम भुक्तानी नगरे कानुनी कारवाही गर्ने चेतावनी संस्थाले दिएको छ ।

चौहान संस्थामा विगत ५ वर्षदेखि काम गरी वि.सं.२०७६ पुस १ गतेबाट पदोन्नती भई लेखा सहायक पदमा कार्यरत थिइन् । चौहानले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनमा हिनामिना गरेको भेटिएको संस्थाले जनाएको छ । उनलाई सो रकमको साँवा र ब्याज बुझउन पटकपटक जानकारी गराउँदा समेत वेवास्ता गरेकाले ३५ दिनभित्र बुझाउन संस्थाले भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.