९ हजार बढी बीमितले त्यागे एक अर्ब बढीको बीमा पोलिसी

  २०८० जेठ २ गते १८:३१     विकासन्युज

काठमाडौं । जीवन बीमा गर्दै आएका बीमितहरुले धमाधम पोलिसी त्यागेका छन् । गत चैतसम्ममा मात्रै ९ हजार ३५८ जना बीमितले एक अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । गत साउनदेखि चैतसम्ममा नेपाल लाइफका २ हजार ६९८ जना बीमितले ४२ करोड २२ लाख रुपैयाँ बराबरको बीमापोलिसी सरेन्डर गरेका छन् ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १८ करोड ३७ लाख, राष्ट्रिय बीमा संस्थानको १० करोड ५६ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ४८ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । यी तीन कम्पनीका क्रमशः १५५५, १४२३ र ५२१ जना बीमितले तोकिएको समयअघि नै पोलिसी रोकेका हुन् ।

समीक्षा अवधिमा सबैभन्दा कम बीमा पोलिसी सरेन्डर हुनेको सूचीमा सन नेपाल लाइफ रहेको छ । इन्स्योरेन्सका ३१ जना बीमितले कूल ३२ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।

यस्तै, नेशनल लाईफ इन्स्योरेन्सको ७ करोड ७३ लाख, मेट लाइफको ५ करोड ५८ लाख, एशियन लाइफको ४ करोड २२ लाख, गुराँस लाइफको ७ करोड ८६ लाख, प्राइम लाइफको २ करोड ८३ लाख, आइएमई लाइफको १ करोड २४ लाख, युनियन लाइफको २ करोड ३२ लाख, रिलायबल नेपाल लाइफको ७५ लाख, सिटिजन लाइफको १ करोड ३४ लाख, प्रभु लाइफको ५४ लाख र महालक्ष्मी लाइफको ७१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.