नेपाल बैंकको नयाँ शाखा सुर्खेतमा 

  २०८० जेठ २ गते १७:४७     विकासन्युज

काठमाडौं । नेपाल बैंकको नयाँ शाखा सुर्खेतमा स्थापना गरेको छ । नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा स्थापना गरेको हो ।
मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राज कुमार शर्मा तथा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिबन काटी तथा ताम्रपत्र अनाबरण गरि शाखा समुद्घाटन गरेका हुन् ।
उक्त समाहरोह नेपाल बैंक सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राज कुमार शर्मा प्रमुख अतिथि रहेका छन् ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्क बहादुर पोखरेल विशिष्ठ अतिथिको रुपमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.