बेष्ट फाइनान्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न

  २०८० वैशाख २९ गते १७:४२     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आ.व.२०७८/०७९ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९/०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

सभामा संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले  जानकारी गराएका थिए ।

हाल १८ वटा शाखा कार्यालयहरुबाट बैकिङ्ग सेवा संचालन गरिरहेको संस्थाले आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.