केही व्यक्तिले आफूविरुद्ध दुष्प्रचार गरेको कांग्रेस नेता डा. राणाको आरोप

  २०८० वैशाख २० गते ७:०३     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने मनसाय लिएर केही व्यक्तिले आफूलाई लक्षित निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको बताएकीत छिन् ।

प्रेस विज्ञप्ति जारी गर्दै हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार भए पनि कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छना लगाउने अधिकार नभएको उनले बताइन् ।

‘नियोजितरूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ, तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ, तर नियोजितरूपमा मविरुद्ध व्यक्तिगत मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन अनुरोध गर्दछु,’ डा राणाले विज्ञप्तिमा भनेकी छिन् ।

हरेकजसो अन्तर्वार्तामा केही व्यक्ति नियोजितरूपमै आफ्नोेविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन सबै आम सञ्चारमाध्यमलाई उनले आग्रह गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.