महानगरले सिल गर्‍यो बालाजुको घरको सटरमा रहेको पेट्रोल पम्प

  २०८० वैशाख १४ गते १३:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ । महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि सञ्चालनमा रहेको बालाजुको पेट्रोल पम्प सिल गरेको हो ।

महानगरपालिकाले गत फागुन १० गते बालाजु ठमेल सडकको दाँयातर्फ तहेको कोत : धुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरी आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगरानी राखेको थियो ।

महानगरले मापदण्ड विपरीत आयल नियम राखेको भन्दै बिहीबार महानगरपालिकाले कोत : धुक सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.