‘डीजी पे’मा आवद्ध व्यवसायीले सामाजिक संजालको लागि सस्तोमा भिडियो बनाउन पाउने

  २०८० वैशाख १३ गते १४:०८     विकासन्युज

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे र बिनव क्रीएसन् बीच सहकार्यको लागि नयाँ सम्झौता भएको छ ।

सम्झौता अनुसार डीजी पे सँग आवद्ध हुने व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्तो सामाजिक संजालका लागी सुपथ मूल्यमा भिडियो बनाउन पाउने भएका छन् । साथै अन्य व्यापारिक विज्ञापन बनाउँदा पनि विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा बिनव क्रीएसनका महाप्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । नेपालको एक राम्रो अडियो भिडियो प्रोडक्सन् कम्पनीसँग सहकार्य गरि फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताए ।

‘आज भोलि व्यवसायीहरुले आफ्नो सेवा तथा समानहरुको भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरी जानकारी दिने र मुनाफा गर्ने चलन बढेको छ, येस्तो स्थितिमा बिनव क्रीएसन जस्तो कम्पनीसँग मिलेर डीजी पे सँग आबद्दित व्यवसायीहरुको लागि निकै कम खर्चमा उत्कृष्ट भिडिओ सस्तो र सुलभ दाममा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं,’ उनले भने ।

डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.