मकर जितुमाया सुरी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल 

  २०८० वैशाख ८ गते १४:१६     विकासन्युज

काठमाडाैं । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाईड्रोपावरबिच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा हईड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रवद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत २०७९/०१/१८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.