एनआईसी एशिया बैंकको नाफा ४ अर्ब माथि, जगेडा कोष १७.२१ अर्ब पुग्यो

  २०८० वैशाख ७ गते ५:३४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.३८ प्रतिशत बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.५९ प्रतिशत बढेर ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा बढेको भएपनि १ प्रतिशत भन्दा तल नै कायम राख्न सपल भएको छ । बैंकको खराब कर्जा ०.३४ प्रतिशत बढेर ०.८७ प्रतिशत पुगेको छ ।

वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको जगेडा कोष २९.६५ प्रतिशत बढेर १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.