तेस्रो त्रैमासमा नेपाल बैंकको नाफा १ अर्ब ७८ करोड, यस्ता छन् अन्य सूचक

  २०८० वैशाख ६ गते १९:४९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवको तेस्रो त्रैमासमा बैंकको नाफा १८ प्रतिशतले घटेको देखिएको छ ।

यस्तै, बैंकले तेस्रो त्रैमासमा २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८७ अर्ब निक्षेप र १ खर्ब ६८ रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ भने कर्जा–निक्षेप अनुपात ७७.७५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको २.०६ खराब कर्जा र ९०.३६ प्रतिशत सीडी रेसियो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.