कुमारी बैंकको नाफा पौने २ अर्ब, एनपीएल बढ्यो

  २०८० वैशाख ६ गते १९:१४     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दैछ ।

बैंकले यो अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा २ खर्र्ब ८५ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा भने बढेको छ । बैंकको एनपीएल ३.९ प्रतिशत पुगेको छ भने सीडी रेसियो सीडी रेसियो ८९ प्रतिशत रहेको छ ।

कुमारी र एनसीसी बैंकबीच गत पुसमा एकीकृत कारोबार भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा १ खर्ब ८० अर्ब, निक्षेप १ खर्ब ६५ अर्ब र कर्जा लगानी कर्जा १ खर्ब ५५ रुपैयाँ गरेको थियो ।

यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएल ०.९६ प्रतिशत र सीडी रेसियो ९१ प्रतिशत थियो ।

यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड नाफा, १ खर्ब २५ अर्ब निक्षेप संकलन र कर्जा लगानी १ खर्ब १६ अर्ब रुपैयाँ गरेको थियो । एनसीसी बैंकको एनपीएल १.५२ प्रतिशत र सीडी रेसियो ८९.१४ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.