राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब बढी, खराब कर्जा घट्यो

  २०८० वैशाख ६ गते १५:२१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४ अर्ब रुपैयाँ नाफागरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकले फागुनससम्म ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको कूल निक्षेपमा समेत वृद्धि भएर ३ खर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंक स्रोतले जनाएको छ । गत आर्तिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप थियो ।

यस्तै, बैंकले गत वर्षको तुलनामा १६.८२ प्रतिशतले कर्जा वृद्धि गरेको छ । गत वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

साथै, बैंकले गत वर्षको भन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा रहेको बैंकले बताएको छ । अघिल्लो वर्षको चैत मसान्तसमा ३.०७ प्रतिशत खराब कर्जा थियो । चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.७९ प्रतिशत थियो । दोस्रो त्रैमासमा यो बैंक नाफामा नम्बर वान बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.