फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ प्रतिशत बढ्यो, पूँजी १.१४ अर्ब पुग्यो

  २०८० वैशाख ६ गते ७:००     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर १९ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत बढेर ३१ करोड ७६ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३० करोड ७१ लख रुपैयाँ खुद ब्याज अँमदानी गरेको थियो । यस अवधिमा लघुवित्तको सञ्चालन नाफा १०.६८ प्रतिशत बढेर २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

चालू वर्षको ९ महिनाको अवधिमा लघुवित्तको नेट फी एण्ड कमिसन आम्दानी १७.७५ प्रतिशत घटेर ३ करोड ७५ लाख रुपैयाँ र कूल सञ्चालन आम्दानी ०.६८ प्रतिशत घटेर ३५ करोड ५१ लख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ र जगेडा कोष ०.२८ प्रतिशत बढेर ४३ करोड ३० लाख रुपैयाँ पुगेको छ । लघुवित्तको सापटी रकम १७.६४ प्रतिशत घटेर ७ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ र कर्जा १४.१४ प्रतिशत घटेर ८ अर्ब ९२ करोड २९ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि खुद नाफा बढेको हो । तर, यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७ पैसा घटेर २२.६० रुपैयाँमा सीमित भएको छ । यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ १३७.७३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८५ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.