४ दिनमै बिक्यो महालक्ष्मी विकास बैंकको ऋणपत्र

  २०८० वैशाख ५ गते १७:३४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक निष्काशन गरेको ‘११% महालक्ष्मी डिवेन्चर –२०८९’ चार दिनमै बिक्री भएको छ । बैंकले चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको डिबेन्चर तोकिएको समय अुनसार चार दिनमै बिक्री भएको हो ।

दश वर्ष अवधि तथा वार्षिक ब्याजदर ११ प्रतिशत भएको यस ऋणपत्र जम्मा एक अर्ब रुपैंयाँको ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो ।

महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.