आरएसडिसी लघुवित्तको नाफा साढे ९ करोड, ८.६४ प्रतिशत प्रतिफल बाँड्न सक्ने

  २०८० वैशाख ५ गते ६:५५     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९ प्रतिशत घटेर ९ करोड ६० लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २९.२१ प्रतिशत बढेर २१ करोड ४० लाख ४४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी सामान्य बढेर २ करोड १४ लाख ९४ हजार रुपैयाँ, सञ्चालन नाफा ८ प्रतिशत घटेर १२ करोड २८ लाख ९१ हजार रुपैयाँ र वितरणयोेग्य नाफा ५ करोड ६३ लाख ५९ हजार रुपैयाँ रहेको छ । लघुवित्तका अनुसार वार्षिक ८.६४ प्रतिशत नाफा वा प्रतिफल वितरण गर्ने क्षमता रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८ प्रतिशत बढेर ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ, जगेडा कोष ८.१३ प्रतिशत बढेर ९ करोड ३३ लाख १८ हजार रुपैयाँ, सापटी तथा निक्षेप ३२.४१ प्रतिशत बढेर ५ अर्ब ९३ करोड १३ लाख ५१ हजार रुपैयाँ र कर्जा २४.६० प्रतिशत बढेर ६ अर्ब ७१ करोड ९१ लख ४२ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८.६० रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.३७ प्रतिशत, आधार दर १३.६७ प्रतिशत र कस्ट अफ फण्ड १२.७८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.