प्रभु बैंकका ५१ शाखा कार्यालय गाभिने, कुन-कुन हुन् ?

  २०८० वैशाख ५ गते ७:२४     विकासन्युज

काठमाडौं । प्रभु बैंकका नजिकैका शाखा कार्यालयहरु गभिने भएका छन् । प्रभु बैंक र साविक सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर भएको ३ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् ।

प्रभु बैंक र साविक सेञ्चुरी बैंकबीच गत पुस २६ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका ५१ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

बैंकले जारी गरेको सूचनामा दुवै बैंकका ५१ वटा शाखा कार्यालय एक आपसमा गाभिएर बैशाख १० गतेदखि गाभिएको शाखाबाट सेवा सञ्चालन हुने बताइएको छ । बैंकका अनुसार साविक सेञ्चुरी बैंकका ४१ वटा शाखा कार्यालय र प्रभु बैंकका १० वटा गरी ५१ वटा शाखा कार्यालय गाभिएका हुन् ।

प्रभु बैंक र साविक सेञ्चुरी बैंक बैंक एक आपसमा मर्ज भई प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.