कालिका लघुवित्तको २० प्रतिशत लाभांश पारित

  २०७९ चैत २९ गते १९:३२     विकासन्युज

पोखरा। कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट प्रस्तावित १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस सेयर पारित गरेको हो ।

यस पश्चात संस्थाको हालको चुक्ता पूँजी वृद्धि भई ३७ करोड २३ लाख २१ हजार ७ सय ४० पुगेको छ ।

सभाले आ।व।०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्दै १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

उक्त साधारणसभामा संस्थाको संचालक समितिमा रिक्त रहेको संस्थापक समूहको संचालकमा स्याङ्गजा वालिङ्ग निवासी संस्थापक सेयर सदस्य नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएको संस्थाका सिइओ केशव प्रधानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.