राष्ट्र बैंकको कारवाहीमा ४ विकास बैंक

  २०७९ चैत २९ गते १६:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न चार विकास बैंकलाई कारबाही गरेको छ । बैंकले कर्जा निक्षेप अनुपात (सीडि रेसियो) सीमा भन्दा धेरै हुँदा भएको भन्दै कारवाही गरेको हो ।

कारवाहीमा पर्ने बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक हुन ।
राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई २२ लाख ७७ हजार रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकलाई ३ लाख ३५ हजार, नारायणी डेभलपमेन्ट बैंकलाई ३ लाख ४ हजार रुपैयाँ जरिवाना गरेको हो ।

यसअघि पनि यी चार बैंकलाई राष्ट्र बैंकले सीडी रेसियो सीमाभन्दा माथि लिएको भन्दै कारबाही गरेको थियो ।

२०७९/०८० असोज मसान्तमा सप्तकोशी डेभलपमेन्टलाई ३० लाख ५९ हजार, कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले १७ लाख ९३ हजार, सिन्धु विकास बैंकलाई ६ लाख ८२ हजार र नारायणी डेभलपमेन्टलाई ५ लाख ८ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.