२०७९ चैत २६ गते १७:३५ विकासन्युज
काठमाडौं । डिशहोममा प्रकाश सपुतको नयाँ गीत गोएपमा एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको हो ।
सो एक्सक्लुसिभ कार्यक्रम चैत २८ देखी डिशहोम गोएप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सकिनेछ । डिशहोम गो प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ ।
यदी डिशहोम ग एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दा सबै ईन्फरमेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिना सम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको छ कम्पनीले जनाएको छ ।
डिशहोमको यस एपमा लाईभ टि.भी. लगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री ….) को समेत मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.