वृद्धा भत्ता हटाएर १०० अर्ब जोगाउने रणनीतिमा सरकार

  २०७९ चैत २६ गते १३:२६     विकासन्युज

काठमाडौं । सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) वितरण गर्न सक्ने अवस्था नरहेको संकेत गरेको छ ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भत्ता वितरणका लागि मात्रै सरकारको वार्षिक रुपमा सय अर्ब रुपैयाँ खर्च हुने भन्दै भत्ता वितरण रोक्ने संकेत गरेको हो ।

अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् ।

वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने उनले बताएका हुन ।

उनले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको समेत बताए ।

सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै उनले राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए ।

अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको समेत उल्लेख गरे ।

सचिव रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने समेत बताए ।

One comment on "वृद्धा भत्ता हटाएर १०० अर्ब जोगाउने रणनीतिमा सरकार"

  • Binod Sijapati says:

    Can’t believe it. Should the Government really be interested in cost cutting measures it has so many ways do that but not by cutting old age pensions. To begin with main political parties have proposed to increase it in their manifesto. How could they reverse this commitment to elder citizens? It’s atrocious.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.