महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठको मनोनयन दर्ता

  २०७९ चैत २१ गते ११:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने निर्वाचनका लागि अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । मंगलबार महासंघको सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।

उनीसँगै उनको समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ मनिशलाल प्रधानले मनोनयन दर्ता गरेका छन् । यस पटकको निर्वाचनमा तीन वटा समूह प्रतिस्पर्धा गर्दैछन् ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि उनीसँगै उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले पनि प्रतिस्पर्धा गर्दैछन् ।

उमेशलालको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोशिएटतर्फ भरतराज आचार्यले उम्मेदवारी घोषणा गरेका छन् भने संघईको समूहबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य, एसोशिएटमा ज्योत्सना श्रेष्ठ र वस्तु उपाध्यक्षमा सुकुन्तलाल हिराचनले उम्मेदवारी घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.