बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक बिदा दिने

  २०८१ वैशाख १४ गते १०:४५     विकासन्युज

काठमाडौं । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको हिजो बसेको बैठकले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको हो ।

यसै गरी उक्त निर्णयको कार्यान्वय गर्ने दिन बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णयसँगै यस खुसीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गर्ने तयारी रहेको छ ।

बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिति’ गठन गरी बसन्तपुर डबलीमा उक्त घोषणा समारोह कार्यक्रम सम्पन्न गर्न लागेको छ भनी नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले बताए ।

यसैगरी उक्त कार्यक्रमको लागि मूल आयोजक समारोह समिति, सचिवालय लगायत विभिन्न समिति, उपसमिति गठन गरेर कार्यसम्पादन गर्ने तयारी गरी रहेकोले सोही अनुसार अघि बढी रहेको समेत अध्यक्ष बज्राचार्यले बताए ।

यसबारेमा नेवाः देय् दवुका स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष उमेश स्थापितले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रिय सदस्यहरु, बिभिन्न खलपुचः जातीपुचः र संघ-संस्थाको प्रतिनिधीहरुबाट मुल आयोजक समारोह समिति बनाउने र उक्त समिती भित्रबाट सचिवालय बनाउने यसपछी सचिवालयका सदस्यहरुको संयोजकत्वमा विभिन्न समिति उपसमितिहरु गठन गर्ने तयारी रहेको समेत उनले बताए ।

यसरी बैशाख २४ गते सोमबार बिहान ७ बजेबाट र्याली शुरु हुने हुँदा सम्पूर्ण नेवाः देय् दवुसँग र तामाङ घेदुङ संघसँग आवद्ध संघ-संस्था र प्रतिनिधी एवं शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरुलाई र्यालीमा सहभागी हुनको लागि बिहानको ६ः३० बजे आ-आफ्नो जातिय स्थानिय बाजागाजा र भेषभूषामा उपस्थिति हुनु पर्ने समेत उपाध्यक्ष स्थापितले बताए । यसबारेमा विस्तृत विवरण मूल आयोजक समारोह समितिको औपचारिक बैठक पश्चात कार्यक्रम सार्वजनिक गर्ने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.