नेप्सेमा ८ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

  २०७९ चैत १९ गते ९:३४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १२ गते आइतबारदेखि चैत १७ गते शुक्रबारसम्म रिडी पावर कम्पनी, मुक्तिनाथ विकास बैंक, नेको इन्स्योरेन्स, अपी पावर कम्पनी, आरएसडीसी लघुवित्त, साधना लघुवित्त, शिखर इन्स्योरेन्स र नेपाल एसबिआई बैंक गरी ८ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस वापतको ४४ लाख २५ हजार ४३२ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, मुक्तिनाथ विकास बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस वापतको २६ लाख २४ हजार ८१८.२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, अपि पावर कम्पनीको ७.५ प्रतिशत बोनस वापतको २८ लाख ८३ हजार ६८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनस वापतको ६ लाख ४४ हजार १२४.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस वापतको ६ लाख १० हजार ३२८.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस वापतको ३६ लाख ८८ हजार ६६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस वापतको २९ लाख ४७ हजार ७५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.