दोल्ती पावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

  २०७९ चैत १९ गते ६:२७     विकासन्युज

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ चैत १७ गते बाँडफाँट गरिएको जनाएको छ ।

कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । कम्पनीले अति प्रभावित क्षेत्र सािवक नौमुले र कालिका गा.वि.स.का स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीको आईपीओमा रितपूर्वक परेको आवेदनलाई शुक्रबार बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । आईपीओको नतिजा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट हेर्न सकिन्छ ।

साथै रितपूर्वक प्राप्त नभएका आवेदकहरुको सेयर वापतको रकम चैत २० गते सोमबारदेखि बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.